एनएलजीको नाफा १० प्रतिसतले बढ्यो, प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँ

गत वर्ष हकप्रद सेयर विक्री गरि कम्पनीको चुक्ता पुँजी बढाएका कारण नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्न पुगेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ १७७.०६ रुपैयाँ छ ।

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । एनएलजीले अघिल्लो वर्ष कमाएको नाफा १४ करोड ६९ लाख रुपैयाँको तुलनामा ९.६६ प्रतिशतले बढी हो ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ६.२८ रुपैयाँमा झरेको छ । खासगरि गत वर्ष हकप्रद सेयर विक्री गरि कम्पनीको चुक्ता पुँजी बढाएका कारण नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्न पुगेको हो । कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ १७७.०६ रुपैयाँ छ ।

एनएलजीको खुद बीमाशुल्कमा आर्थिक वर्ष २०८१÷८२ मा उच्च बृद्धि भएको छ । अघिल्लो वर्ष २०८०÷८१ म ६४ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन भएकोमा एनएलजीले गत वर्ष ४६.६२ प्रतिशत वृद्धि गर्दै ९३ कराड ९२ लाख रुपैयाँ पु¥याएको छ ।

यसअवधिमा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ । अघिल्लो वर्षको २ अर्ब ८५ करोड रुपैयाँबाट १८.६४ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । एनएलजीले गत वर्ष कुल आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ गर्दा कुल खर्च भने १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । 

एनएलजीको वित्तीय विवरण अनुसार महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७४ रुपैयाँ, सेयर प्रिमियम २७ करोड १९ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ छ ।