आईसीएफसी फाइनान्सको नाफामा २०४.६० प्रतिशतले वृद्धि

आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार फाइनान्सको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

गत वर्षको असार मसान्तसम्ममा फाइनान्सले ३४ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०४.६० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफ बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण फाइनान्सको खुद नाफा उल्लेख्य वृद्धि भएको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.१५ प्रतिशतले बढेर ६१ करोड ६९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १६ करोड १५ लाख रुपैयाँ गरेको फाइनान्सको सञ्चालन आम्दानी ५० करोड २१ लाख रुपैयाँ पुगेको छ । 

नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी बढेको छ। फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फाइनान्सको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १५ पैसा कायम भएको छ । यस अवधिमा फाइनान्सको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ७२ रुपैयाँ रहेको छ । त्यसैगरी फाइनान्सको खराब कर्जामा समेत सुधार भएको देखिन्छ । यस अवधिमा फाइनान्सको खराब कर्जा अनुपात १.८३ प्रतिशत रहेको छ ।

फाइनान्सको इम्पेरमेन्ट चार्जमा व्यवस्था भएको ७ करोड २७ लाख रुपैयाँ फिर्ता भएको छ । गत असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २४ करोड ५९ हजार रुपैयाँ छ ।

१ अर्ब १८ करोड ३४ रुपैयाँ चुक्ता पुँजी रहेको यस फाइनान्सको जगेडा कोषमा ७६ करोड २५ लाख करोड रुपैयाँ सञ्चित छ । गत आवको अन्त्यसम्ममा फाइनान्सले १९ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ८७ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।