झिनो अंकले बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार भयो
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार २.६२ अंक बढेको छ ।
लगातार घटेको तीन कारोबार दिनपछि आज बजार सामान्य अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २७८८ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ अर्ब १६ करोडको कारोबार भएकोमा आज बढेर ७ अर्ब ४६ करोडको भयो ।
कारोबारमा आएका बैंकिङ, फाइनान्स, हाइड्रोपावर, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बिमा कम्पनीबाहेकका उपसमूहले बजार बढाएका हुन् ।
अन्य उपसमूहको सूचक सर्वाधिक १.८० र ट्रेडिङको सूचक ०.९७ प्रतिशतले उकालो लागेको छ। १०८ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
१४१ कम्पनीको मूल्यमा गिरावट आएको छ। ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ४७ करोड १७ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ४१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै, बलेफी हाइड्रोको ३६ करोड ८४ लाख र हिमालयन रिइन्स्योरेन्सको २२ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।