स्वस्तिक लघुवित्तको आईपीओ बिक्री खुल्यो, भदौ ३ गतेसम्म आवेदन दिन पाइने
कम्पनीको आईपीओलाई ईक्रा नेपालले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाएको छ । कम्पनीले पहिलो चरणमा विदेश रोजगारीमा कार्यरत नेपालीलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरेको हो ।
स्वस्तिक लघुवित्तको आइपीओ नै लघुवित्त तर्फको आइपीओ हो । आगामी दिनमा नेपाल राष्ट्र बैंकले नयाँ लघुवित्त खोल्न स्वीकृती दिएमा मात्रै थप लघुवित्तको आइपीओ जारी हुनेछ । अन्यथा स्वस्तिक नै अन्तिम हुने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले असार २७ देखि साउन ९ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कुल २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको थियो । आवेदन दिएका २ हजार ३१० जनालाई गत साउन १६ मा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले २ लाख ७ हजार ९०० कित्तामध्ये १ हजार १५५ कित्ता कार्यरत कर्मचारीलाई र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको १ लाख ९५ हजार १९५ कित्ता सर्वसाधारणलाई बिक्री खुलाएको हो ।
कम्पनीको आईपीओ १० देखि बढीमा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्तीमा १ हजार र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ। आवेदन दिने अन्तिम मिति भदौ ३ सम्म रहेको छ ।
कम्पनीको आईपीओलाई ईक्रा नेपालले ‘इक्राएनपी–आईआर बी एटदरेट’ रेटिङ दिएको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।