९ अंकले बढ्यो नेप्से, कारोबार रकम ६ अर्बमा सीमित
आइतबार फराकिलो दरमा घटेको नेप्से सोमबार सामान्य अंक बढेर बन्द भएको हो । नेप्सेमा बर्गिकृत १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा २ उपसमूह घटेको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१६ अंक बढेर २७७०.३९ विन्दुमा पुगेको छ । सोमबार सेन्सेटिभ इण्डेक्स १.६६ अंक, फ्लोट इण्डेक्स ०.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ ।
आइतबार फराकिलो दरमा घटेको नेप्से सोमबार सामान्य अंक बढेर बन्द भएको हो । नेप्सेमा बर्गिकृत १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्दा २ उपसमूह घटेको छ । सोमबार व्यापार उपसमूह सूचक सर्वाधिक १.२९ प्रतिशत बढ्दा म्युचुअल फण्ड र अन्य उपसमूह सूचक घटेका छन् ।
नेप्से बढेपनि सोमबार कारोबार घटेको छ । आइतबार ७ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार भने ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । निरन्तर रकममा गिरावट देखिएको स्थितिमा आइतबार कारोबार रकम बढेको थियो । तर, सोमबार फेरी घटेको छ ।
बढेको बजारमा युनियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको भने सम्पदा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै ४.८१ प्रतिशतले घटेको छ । सोमबार सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा दरिएको नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ७५ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।