विपक्षीलाई तर्साउने प्रयास भयो : वर्षमान पुन
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका छन् ।
विपक्षी दलहरूको बैठक सिंहदरबारमा बस्दैछ । त्यसअघि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो,’ उनले भने, ‘विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ । त्यसको अर्को उत्कर्षजस्तो देख्यौं । त्यसबारे छलफल गर्न लागेका हौं ।’
एक वर्षअघि नै यस्ता प्रयास भइरहेको बताउँदै उनले विपक्षी दलहरूमाथि विभिन्न स्वार्थको दबाब दिनेगरी वर्तमान सरकारले काम गर्न खोजेको उनले बताए ।