नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो
काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७७६.९० अंकमा कायम भएको छ । हिजो बजार ९ अंक बढेको थियो । आज पछिल्लो १५ मिनेटको भारित औसत मूल्य गणनाअघि नेप्से ९ अंक बढेको थियो ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडमा खुम्चियो । कारोबार रकम केही दिनयता नै घटेको छ । १४२ कम्पनीको मूल्य बढ्दा १०७ कम्पनीको घट्यो ।
सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढे ।
सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढ्यो । त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो । युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधी विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे ।