१७औं संस्करणको नाडा अटो शोः उड्ने कारमा झुम्मिए अवलोकनकर्ता

अटो शोमा डिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने कार) राखिएको छ । अटो मोबिलिटिको प्रविधिलाई झल्काउँदै भविष्यको उन्नत प्रविधि देखाउनका निमित्त ल्याइएको यो कार प्रदर्शनीमा राखिएको हो ।

काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७औं संस्करणको नाडा अटो शो २०२५मा उड्ने कारमा अवलोकनकर्ता झुम्मिएका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसंगै ‘नाडा अटो शो २०२५’ सुरु भएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको उड्ने कारमा मानिस बढी झुम्मिएका हुन् । 

अटो शोमा डिपलको ईभीटीओएल फ्लाइङ ट्याक्सी (उड्ने कार) राखिएको छ । अटो मोबिलिटिको प्रविधिलाई झल्काउँदै भविष्यको उन्नत प्रविधि देखाउनका निमित्त ल्याइएको यो कार प्रदर्शनीमा राखिएको हो ।

उक्त ट्याक्सी नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लूले नेपाल ल्याएको हो । एमएडब्लू वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरू पनि प्रदर्शनीमा राखेको छ ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ५ वटा दुईपांग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहेको छ ।

नाडा अटो शोमा प्रमुख आकर्षणहरूमा विन्टेज मोटर शो (मोरिस माइनर, फिएट, प्यूजो, बीटल, मिनी कूपर, टोयोटा आरटी, मर्सिडिज बेंज, टोयोटा आरटी४०, भिएर बस, टोयोटा कोरोल्ला, माज्डा फेमिलिया, टोयोटा एमआर२) रहेका छन् । मेड इन नेपाल प्याभिलियन, इन्टरनेसनल बिजनेस प्याभिलियन, साथै ईभी, स्मार्ट मोबिलिटी र दिगोपनमा केन्द्रित सेमिनार, कार्यशाला र अन्तरक्रियाहरू रहेका छन् ।