राज्य व्यवस्था समितिको सभापति चयनबारे सभामुखको चासो

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि ताकेता गरेका छन् ।

प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले राज्य व्यवस्था समितिको सभापति चयनबारे चासो राखेका हुन् ।

कुनै पनि संसदीय दलको सभापति पद रिक्त भएको १५ दिनभित्र पदपूर्ती गर्नुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।

सोही अनुसार, १५ दिनभित्र सभापति चयन गर्नेगरी वातावरण मिलाउन सभामुख घिमिरेले दलहरूलाई आग्रह गरेका हुन् ।