पैसा खाएकालाई थुनेर नभई बाहिर राखेर पैसा तिराउनुपर्छ : सभापति चालिसे अर्थ समिति
अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानूनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानूनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने उनको भनाइ थियो ।
बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे ।
‘यस्ता कानून बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि,’ सभापति चालिसेले भने, ‘कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातवरण हाम्रा कानूनले बनाइदिनुपर्छ ।’
उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत बताउँदै त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।