देशको अर्थतन्त्र र बैंकहरुको अवस्था हेरेर एलटिपि रेसियो तय हुन्छ : गुरु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल देशको अर्थतन्त्रको अवस्था र बैंकहरुको अवस्था हेरेर लोन टु भ्यालु रेसियो (एलटिपि) रेसियो तय गरिने बताएका छन् ।

बिहीबार नाडा र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले संयुक्त रुपमा आयोजना गरेको कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार नामक अन्तर्क्रिया कार्यक्रममा देशको अर्थतन्त्र राम्रो भइरहेकोले एलटिपि रेसियो बढाउन सकिने पौडेलले बताए

राष्ट्र बैंकले गत वर्ष विद्युतिय सवारी कर्जामा लोन टु भ्यालु रेसियो ८० प्रतिशतलाई ६० प्रतिशत झारेको थियो ।

हाल अटो क्षेत्रलाई राष्ट्र बैंकले राम्रो सँग हेरेको भन्दै उनले भने,’ हामी अटो क्षेत्रलाई अनुत्पादक क्षेत्र मान्दैनौ । अटो क्षेत्रमा कर्जा जावस भनेर हायर प्रचेच कम्पनीलाई अनुमति दिएका छौं। प्राइभेट सवारी कर्जाको तुलनामा पब्लिक सवारीको लोन टु भ्यालु रेसियो केही फरक गर्न सकिन्छ ।’

अहिले हायर प्रचेज कम्पनीले अटो लोन २६ अर्ब कर्जा लगानी गरेका छन्। बैंक तथा बित्तिय सस्थाहरुले २ खर्ब बढी अटो कर्जा लगानी गरेको छ ।