राष्ट्र बैंकले पाैने ३ अर्ब मुद्दती निक्षेपमा राख्ने, बैंकहरूसँग माग्याे प्रस्ताव

नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा २ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको साे रकम बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे हो। यसका लागि भदौ ८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकम मध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब २२ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४१ करोड ६५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ८८ लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

यस्ताे छ राष्ट्र बैंककाे प्रस्ताव :-


प्रकाशन भएका दस्तावेजहरू

68a6fa0b9e1f0_1755773451.pdf