प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको भदौ १५ गते बुकक्लोज
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेका छन् ।
यी दुई फण्डहरुले भदौ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले, यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
प्रभु सेलेक्ट फण्डले कर सहित १२ प्रतिशत र प्रभु स्मार्ट फण्डले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । साउन ३० गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीहरुलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।