सुन तोलामा ४ सय बढ्याे
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४ सय रुपैयाँ वृद्धि भएको हो ।
चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।