एलआईसी नेपालको अध्यक्षमा रत्नाकर पटनायक
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को अध्यक्षमा रत्नाकर पटनायक नियुक्त भएका छन् ।
कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले पटनायकलाई कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साथै सोही बैठकले कम्पनीको संस्थापक शेयरधनी भारतीय जीवन बीमा निगम (एलआई अफ इन्डिया) बाट परमेन्द्र हरिलाई सञ्चालक सदस्यमा नियुक्त गरेको कम्पनी सचि सुदर्शन गिरीले जानकारी दिएका छन् ।