सुनकाे मूल्य ताेलामा २३ सय बढ्याे

आइतबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९५ हजार २ सय रुपैयाँ थियो । चार दिनमा सुनको भाउ ४ हजार बढेको छ । भदौ ४ गते सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १० रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । चार दिनमा चाँदी ९५ रुपैयाँ बढेको छ । भदौ ४ गते २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।