नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै छ, कतिले गरे अवलाेकन ?

काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनीस्थलमा जारी नाडा अटो शो २०२५ आज आइतबार सम्पन्न हुँदैछ । 

गत भदौ ३ गतेदेखि सुरु भएको प्रदर्शनीको पाँचौं अर्थात शनिबारसम्म एक लाखभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनी अवलोकन गरेको आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

आज सम्पन्न हुने नाडा अटो शोमा नयाँ सवारी खरिद गर्ने र अवलोकन गर्नेहरुको उल्लेख्य सहभागीता भएको आयोजकले जनाएको छ । मेलामा आउने दर्शकले विभिन्न कम्पनी तथा विक्रेताहरुले प्रदर्शनीमा विभिन्न स्टलहरुमा राखेका सवारीसाधन र नयाँ प्रविधिमा निर्मित अटोमोबाइलहरुको अवलोकन गरेर मज्जा लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेको नाडा अटो शोमा विभिन्न क्षेत्रका व्यक्ति, राजनीतिज्ञ, व्यवसायीहरुको समेत सहभागीता थियो ।