वाणिज्य बैंकहरुले अटाे लाेन बढाए

वाणिज्य बैंकहरुले गाडी कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मुलुककाे वित्तीय स्थितिमा यस्ताे देखिएकाे हाे ।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले गत वर्षमा १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ गाडी कर्जा दिएका छन् । यो अघिल्लो वर्ष २०८०/८१ मा भन्दा बढी हाे ।

अघिल्लाे वर्ष वाणिज्य बैंकहरुले १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले बढेको छ ।