दशैं–तिहारमा एमजी गाडी खरिदमा ४ लाखसम्म छुट, निःशुल्क बीमा र चार्जर सुविधा

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ ।

काठमाडौं। नेपालमा एमजी गाडीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू एमजी ४ इभी, एमजी कमेट इभी, एमजी जेडएस ईभी, एमजी एसछ इभी, एमजी विन्डसर ईभी र एमजी आइएमट इभी खरिद गर्दा विशेष सुविधा पाउनेछन् । ग्राहकहरूलाई ४ लाखसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स र ३ किलोवाट वा ७ किलोवाट क्षमता भएको निःशुल्क चार्जर प्रदान गरिनेछ ।

यो अफर २०८२ भदौ ६ गतेदेखि २०८२ कार्तिक १० गतेसम्म एमजीको नक्साल र थापाथलीस्थित शोरूमहरूमा उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई पर्याप्त समय भित्र यो अवसरको लाभ उठाउने मौका दिनेछ ।