सुन प्रतितोला ३ सय रुपैयाँले घट्याे, चाँदी ताेलामा ५ रूपैयाँ बढेर नयाँ रेकर्ड

भदौ ९ गते, सोमबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो भने चाँदी हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । सोमबार चाँदी तोलाको २ हजार ३ सय ५५ करोबार भइरहेको छ । आईतबारको बजारमा २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्यले गत साउन ७ गते कायम मूल्य (प्रतितोला २ हजार ३ सय ५० रुपैयाँ) लाई ब्रेक गरेर नयाँ उचाई बनाएको हो ।