अर्थ मन्त्रालयका अधिकृतहरुको सरुवाः ३५ अर्थमा भित्रिँदा ३१ बाहिरिए, ७ जनाको पदस्थापन

काठमाडौं । अर्थ मन्त्रालय र मातहतका ८३ अधिकृतको सरुवा भएको छ । सँगै ७ जना अधिकृतको पदस्थापन गरिएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भदौ ४ गते ६८ जना उपसचिव र साउन ३० गते १२ जना सहसचिव सरुवा गरेका थिए । सहसचिव र उपसचिव सरुवापछि अधिकृतहरुको सरुवा भएको हो ।

अर्थ मातहतको विभिन्न कार्यालयमा कार्यरत ३५ अधिकृत मन्त्रालय तानिएका छन् । मन्त्रालयमा क्रियासिल ३१ अधिकृतलाई विभिन्न कार्यालयमा पठाइएको छ ।

त्यसमध्ये २८ अधिकृतलाई मन्त्रालयबाट आन्तरिक राजस्व विभाग र मातहतका कार्यालय तथा २ जनालाई भन्सार विभाग वा मातहतका कार्यालय र एक जना सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा गएका छन् । 


यस्तो छ अधिकृत सरुवाको सूची