सिद्धार्थ बैंकले पुरानो लाभांश लिन सेयरधनीलाई बोलायो

काठमाडौं । सिद्धार्थ बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीलाई बोलाएको छ। बैंकले विगतका विभिन्न आर्थिक वर्षहरूमा पारित गरेको लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरूलाई बोलाएको हो ।

बैंकले त्यस्ता सेयरधनी वा नजिकको हकवालाले प्रचलित कानुनबमोजिम आवश्यक प्रमाणपत्र र कागजातसहित सम्पर्क गरेमा लाभांश दिइने बताएको छ।

तर साधारणसभाले पारित गरेको पाँच वर्ष पूरा हुँदासम्म पनि सम्बन्धित सेयरधनीको तर्फबाट लाभांश लिन नआएमा त्यस्तो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।

लाभांश लिन बाँकी सेयरधनीको विवरण बैंकले आफ्नो वेबसाइटमा पनि प्रकाशित गरिएको जनाएको छ। लाभांश लिनलाई काठमाडौंको नक्सालस्थित बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ।