नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ कराेड थान नयाँ नोट छाप्ने

नेपाल राष्ट्र बैंकले एक हजार दरको नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय बैंकले ४३ करोड थान नयाँ नोट छाप्न लागेकाे हाे ।

राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै एक हजार दरका नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको हो ।

इच्छुक कम्पनीले आउँदो अक्टोबर ९ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्नेछ। बोलपत्र राष्ट्र बैंकको थापाथली स्थित बैंकिङ विभागमा पेस गर्नुपर्नेछ ।

योग्य कम्पनीले प्रस्ताव पेस गर्दा २० हजार रुपैयाँ वा १४४ अमेरिकी डलर वा १२३ युरो वा १०७ पाउन्ड धरौटी राख्नुपर्नेछ । राष्ट्र बैंकले छनौट गरेका कम्पनीले नोट डिजाइन, छपाइ र आपूर्तिसम्मको काम गर्नुपर्नेछ ।


प्रकाशन भएका दस्तावेजहरू

68ad66067b058_1756194310.pdf