अब ४३७००० भारु बोक्न पाइने, भारतीय पर्यटक र भारतमा कार्यरत नेपालीहरुलाई सजिलो

राष्ट्र बैंकले २०१६ अगाडीका ५ सय र १ हजार दरका नोट तथा त्यसपछिका २ सय, ५ सय र २ हजार दरका नोट बोक्न नपाइने व्यवस्था कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले नेपालभित्र ४ लाख ३७ हजार भारतीय रुपैयाँ (भारु) नगदै बोक्न पाउने स्विधा दिएको छ । भदौ १० गते एक सूचना जारी गर्दै राराष्ट्र बैंकले ५ हजार अमेरिकी डलर बराबरको भारु बोक्न पाउने सुविधा दिएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै नेपाली वा विदेशी नागरिकले नगद अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबर अन्य विदेशी मुद्रा सहज रूपमा नेपालमा ल्याउन वा लैजानसक्ने व्यवस्थलाई स्पष्ट पारेको हो ।

यसअघि २५ हजार भारुभन्दा बढी बोक्न नपाइने व्यवस्था थियो । विगतमा कम नगद बोक्न पाएका कारण भारतीय पर्यटक र भारतमा काम गरिरहेका नेपालीहरु स्वदेश फर्किँदा दुःख झेल्नु परेको भन्दा सरकारको आलोचना हुँदै आएको थियो ।

भारतीय रिजर्भ बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको सटही दर ८७.४१ भारु छ । यस आधारमा ५ हजार डलरबराबरको मुद्रा बोक्दा ४ लाख ३७ हजार भन्दा बढी भारु हुन आउँछ ।

राष्ट्र बैंकको पछिल्लो निर्णयले नगद कारोबारलाई प्रोत्साहन गरेको ठर्हछ । तर, राष्ट्र बैंकले २०१६ अगाडीका ५ सय र १ हजार दरका नोट तथा त्यसपछिका २ सय, ५ सय र २ हजार दरका नोट बोक्न नपाइने व्यवस्था कायम गरेको छ । यसले एक र एक सयभन्दा साना नोट मात्र लिएर ह्रिँड्नुपर्ने परिस्थितिले सुरक्षा खतरा भने रहेको देखाउँछ ।