नेप्सेमा नेको इन्स्योरेन्सको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार १७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा नेको इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीको ७ प्रतिशतले हुन आउने १७ लाख ६० हजार ८ सय १५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्नेछन्।