५ लाख बढी परिवारलाई तत्काल लालपूर्जा बाँड्ने गरी काम अघि बढाऊ : भूमि व्यवस्थामन्त्री
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ५ लाखभन्दा बढी परिवारलाई तत्काल लालपूर्जा बाँड्ने गरी काम गर्न भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजाललाई निर्देशन दिएका छन् ।
मन्त्री अधिकारीले मंगलबार आयोगका अध्यक्ष रिजालसँग कार्यसम्पादन सम्झौता गर्दै ५ लाखभन्दा बढी परिवारलाई तत्काल लालपूर्जा बाँड्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या कानुन संशोधन गरेर समाधान गर्न चाहेकाले आयोगले कामको गति बढाउनुपर्ने बताए। अधिकारीले रिजालसँग ७ बुँदे सम्झौता गरेका छन् ।