आज दिनभर सितल हुने, केही ठाउँहरुमा भने भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज मनसुन केही सक्रिय रहने जनाएको छ । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली भई धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।