कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर ग्रिन भेन्चर्सले किन्याे

ग्रिन भेन्चर्स कम्पनीले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको संस्थापक सेयर खरिद गरेको छ । भदौ १० गते मंगलबार यी दुइ कम्पनीबीच सेयर खरिद सम्झौता भएको हो ।

ग्रिन भेन्चर्सले कालीगण्डकी गर्जको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेकाे हाे । कालीगण्डकी गर्ज हाइड्रोपावरले म्याग्दी र मुस्ताङस्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त प्रोजेक्टको विकास तथा निर्माण गरिरहेको छ । उक्त आयोजनाले विद्युत उत्पादनको अनुमति पाइसकेको छ ।

सो आयोजनाको अनुमानित लागत ३९ अर्ब ५० करोड रुपैयाँ छ । यसमा ऋण तथा स्वपुँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । यसमा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा अन्य बैंकहरुको वित्तीय व्यवस्थापन गरिएको छ ।