११ कारोबार दिनपछि नेप्से २८०० विन्दु माथि, कारोबार रकम पनि बढ्यो

मंगलबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा विहीबार १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदै ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ । नेप्सेसँगै बुधबार कारोबार रकम पनि बृद्धि भएको छ ।

नेप्से ११ कारोबार दिनपछि २८०० विन्दु माथि पुगेको हो । यसअघि गत साउन २६ गते २८०० विन्दु माथि थियो । नेप्सेसँगै बुधबार सेन्सेटिभ इण्डेक्स ८.५२ अंक, फ्लोट इण्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०६ अंकले बढेको छ । बुधबार सेयर बजार बढ्दा २ सय ३२ कम्पनीको मूल्य बढेको छ भने १९ कम्पनीको मूल्य घटेको छ ।

मंगलबार ४ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा विहीबार १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदै ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । 

बुधबार पनि विकास हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विकास हाइड्रोपावरलाई पछ्याएको समता लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने ग्रीन भेन्चर्सको सेयरमूल्य ८ प्रतिशत माथि बढेको छ । बुधबार १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सबैभ्नदा धेरै ५.७९ प्रतिशत घटेको छ ।

बुत्रबार कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ४२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने हिमालयन रिलाई पछ्याएको नेपाल पुनर्बीमा कम्पनीको साढे ५५ करोड रुपैयाँको कारोबार भएको छ । त्यसपछि ग्रीन भेन्चर्सको साढे ४६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । ग्रीन भेन्चर्सले कालीगण्डकी गर्जको ५१ प्रतिशत सेयर किनेको समाचार बुधबार बाहिरिएसँगै मूल्य र कारोबार रकममा चमक आएको छ ।

बुधबार नेप्सेमा वर्गिकृत १३ वटै समूह सूचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह ३.४० प्रतिशतले बढेको छ । लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह सूचक २ प्रतिशत बढीले बढ्दा बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त र निर्जीवन बीमा समूह सूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।