रास्वपा केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वसदस्य अरनिको पाँडे पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको कुमार पाँडे पक्राउ परेका छन् ।
एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा पाँडे पक्राउ परेका हुन् । अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको र भोलि म्याद थपका लागि अदालतमा लगिने छ ।
वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । पाँडे रास्वपा सरकारमा रहेको बेलामा २०८० मा राष्ट्रिय योजना आयोगको सदस्य थिए ।