स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट आज, २५ लाख बढी आवेदकको हात खाली

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको प्राथमिक निस्काशन (आईपीओ)को आज विहीबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गका अनुसार बिहिबार बिहान १० बजे आईपीओ बाँडफाँडको तयारी छ । 

सिडिएस एण्ड क्लियरिङका अनुसार गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म स्वस्तिकको आईपीओमा २५ लाख २८ हजार ५ सय ५१ जनाले २ अर्ब ९३ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९३ लाख ८१ हजार ६ सय ५० कित्ताका लागि आवेदन गरेका थिए । मागभन्दा झण्डै १ सय ५० गुणा बढी आवेदन परेकाले आइपीओको बाँडफाँड गोलाप्रथाद्वारा हुन लागेको हो । बाँडफाँडमार्फत १९ हजार ५ सय १९ जनाले १०÷१० कित्ता र ५ जना भाग्यमानीले थप १÷१ कित्ता गरी ११ कित्ताका दर सेयर पाउनेछन् । आपीओमा आवेदन दिने २५ लाख ९ हजार भन्दा बढीको हात खाली हुनेछ ।