आइसीएफसी फाइनान्सले ब्याजदर ८ प्रतिशतमा ५० करोडको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । आइसीएफसी फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ऋणपत्र निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएको छ । आइसीएफसीले ८ प्रतिशत ब्याजदरमा १,००० रुपैयाँ दरले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।
आइसीएफसी डिबेञ्जरको परिपक्व अवधि २०८९ सम्म रहेको छ । फाइनान्सले अब नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएपछि सार्वजनिक निष्कासन गर्नेछ ।