स्काईलाइन ईन्फ्राले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौं । ।स्काईलाइन ईन्फ्रा लिमिटेडले प्राथमिक निस्काशन (आइपीओ) जारी गर्ने भएको छ । स्काईलाइन ईन्फ्राले सर्वसाधरणलाई सेयर विक्री प्रयोजनका लागि हिमालयन रिइन्स्योरेन्सको सहायक कम्पनी हिमालय सेक्युरिटिज बैंकरलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

दुई कम्पनीले बिहीबार यससम्वन्धि सम्झौता गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्दा स्काईलाइन ईन्फ्राका अध्यक्ष प्रतीक अग्रवाल, प्रमुख वित्त अधिकृत सञ्जय रौनियारसहित संस्थापकहरु राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, आकृति अग्रवाल र अंकर भंगर अग्रवाल उपस्थित थिए । त्यस्तै हिमालय सेक्युरिटिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहक उपस्थित थिए ।

स्काईलाइन ईन्फ्रा सरोवर पोर्टीको ब्राण्ड अन्तर्गत चारतारे होटलका रुपमा स्थापित छ । जसले वीरगंजमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो, क्यूएफएक्स सिनेमा हलको सेवा दिँदै आएको छ ।