सम्पादकीयः तत्काल सार्वजनिक सम्पत्ति तोडफोड रोकेर निकासमा जुट, फेरी अर्कोलाई भ्रस्टाचार गर्ने माध्यम नबनाउँ

सार्वजनिक सम्पत्तिमा आगजनी गर्नु भनेको अर्को अराजकता हो । आन्दोनलकारीहरुले सार्वजनिक सम्पत्तिमाथि तोडफोड तत्काल रोक्नुपर्छ । सार्वजनिक सम्पत्तिको तोडफोड तपाईं हामीले तिरेको करको प्रतिरुप हुन् । अहिले हामी जसरी भ्रस्टाचारी भनेर आन्दोलनको अगुवाई ग¥यौं, त्यसैगरि सार्वजनिक तोडफोड र आगजनी रोक्न अग्रसर बनौं ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजनीतिक निकासका लागि भन्दै राजीनामा दिएका छन् । सरकार सोमकार मध्यान्हमै वैधता गुमाएपनि मंगलबार मध्यान्हसम्म ठूलो क्षति भएको छ । आक्रामक प्रदर्शनकारीहरुले राजनीतिक दलका नेताहरुलाई लक्षित गरि आक्रमण गरिरहेका छन् । जेन एड आन्दोलनको कोही एक व्यक्ति वा दलको रोहबरमा भएको थिएन । सामाजिक सञ्जाल बन्द भएको अवसरमा सुरु भएको सामाजिक सञ्जालकै बलमा २४ घण्टा नपुग्दै दुई बहुमतको सरकार ढलेको छ ।

मंगलबार मध्यान्हसम्म सुरक्षाकर्मीहरुले लत्तो छोडेपछि राज्यका तीनै अंग मानिने व्यवस्थापिका संसद, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्वोच्च अदालत आन्दोलनकारीको नियन्त्रणमा पुगेका छन् । तर, दुःखको कुरा तिन वटै निकायमा आगजनी भएको छ । आन्दोलनकारीहरू प्रवेश गरेर तोडफोड गरेका छन् । सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि अपिल गरेका छन् । सर्वोच्च अदालत, महान्याधिवक्ताको कार्यालय, नेपाल बार एसोसिएसन, काठमाडौं जिल्ला अदालत लगायतका सबै भवनहरूमा प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका छन् ।

सार्वजनिक सम्पत्तिमा आगजनी गर्नु भनेको अर्को अराजकता हो । आन्दोनलकारीहरुले सार्वजनिक सम्पत्तिमाथि तोडफोड तत्काल रोक्नुपर्छ । सार्वजनिक सम्पत्तिको तोडफोड तपाईं हामीले तिरेको करको प्रतिरुप हुन् । अहिले हामी जसरी भ्रस्टाचारी भनेर आन्दोलनको अगुवाई ग¥यौं, त्यसैगरि सार्वजनिक तोडफोड र आगजनी रोक्न अग्रसर बनौं । अहिलेको क्षति भोली सत्तामा आउनेहरुका लागि फेरी भ्रस्टाचार गर्ने ठाउँ नदिउँ । भ्रस्टाचार मानवीय स्वभाव हो । प्रणालीगत कमजोरीमा खेलेर एउटा समूह जुनसकुै तप्कासँग पनि नजिक रहेको छ । मुख्य हर्ताकर्ता भन्दा पनि उनीहरु अघि पछि गर्नेहरुले हो, विधि विगार्ने र मुलीले त्यसको विरुद्ध कदम नचाल्दा समस्या हुने हो । त्यसैले तत्काल सार्वजनिक सम्पत्ति तोडफोड रोकेर नयाँ गन्तब्यका लागि पहलकद्मी लिउँ ।  

निरंकुशता सायदै कसैले परिकल्पना गरेको छ । निर्वाचन प्रणाली र आसेपासे प्रबृत्तिले निम्त्याएको एक दसकले अर्को दसकमा फेरी नयाँ उद्घोष गर्नुपर्ने परिस्थिति सिर्जना नओस् । क्षणित आवेग र इगोले राजनीतिलाई कसरी सखाप पार्छ पछिल्लो एक दसकको घट्नाक्रमले देखाएको छ । सुझबुझपूर्ण हिसावले परिस्थितिलाई नियन्त्रणमा लिएर संघीय गणतन्त्र रक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौं ।