पोखरा र भैरहवामा थप उडान वृद्धि गर्न कूटनीतिक पहल गरिने

सरकारले विदेशी ऋणमार्फत बनाएका यी दुई विमानस्थल खासगरी भारतबाट उपयुक्त एयररुट प्राप्त गर्न नसक्दा थप कम्पनीका तर्फबाट अन्तर्राष्ट्रिय क्षेत्रीय उडान हुन सकेका छैनन् ।

काठमाडौं । सरकारले पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा थप विमान कम्पनीको उडान गराउन कूटनीतिक पहल गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत सो नीति लिएको हो । सरकारले विदेशी ऋणमार्फत बनाएका यी दुई विमानस्थल खासगरी भारतबाट उपयुक्त एयररुट प्राप्त गर्न नसक्दा थप कम्पनीका तर्फबाट अन्तर्राष्ट्रिय क्षेत्रीय उडान हुन सकेका छैनन् ।