वीरकृष्ण महर्जन पुनः बने नेपाल इन्स्योरेन्सको सीईओ, थप ४ वर्ष नेतृत्व सम्हाल्ने
इन्स्योरेन्स संचालक समितिले जेठ ८ गते महर्जनलाई थप ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन पुनः नियुक्त भएका छन् । इन्स्योरेन्स संचालक समितिले जेठ ८ गते महर्जनलाई थप ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । महर्जनको ४ वर्षे कार्यकाल जेठ १८ देखि लागू हुनेछ । नेपाल इन्स्योरेन्समा यसअघि सन् २०७९ मा सीइओ नियुक्त भएका थिए । महर्जनसँग बीमा क्षेत्रको तीन दशक बढीको अनुभव छ । यस कम्पनीको सीईओको रूपमा नियुक्त हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्समा १४ वर्षसम्म सीईओको रूपमा काम गरेका थिए ।