बिमा गर्दा हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन सरल जीवन बीमा’ योजना किन रोज्ने? के छन् सुविधा?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको भविष्य सुरक्षित तुल्याउने र बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याएको ‘हिमालयन सरल ९सावधिक० जीवन बीमा’ योजना निकै लाभदायक मानिन्छ । यो योजना अन्तर्गत बीमितले आफ्नो आम्दानीको केही हिस्सा बीमाशुल्कका रूपमा नियमित बुझाएर वृद्धावस्थाका लागि अनिवार्य बचत गर्न सक्नेछन् ।
बीमा अवधिभर किस्ताबन्दीमा जम्मा गरिएको रकम बीमा अवधि समाप्त भएपछि आर्जित बोनससहित एकमुष्ट प्राप्त हुने भएकाले यसबाट बीमितको अवकाशपछिको जीवनयापन सहज हुने देखिन्छ । यदि बीमा अवधिभित्रै बीमितको असामयिक निधन भएमा बीमालेखमा उल्लेख गरिएको इच्छाएको व्यक्ति वा कानुनी हकवालाले बीमाङ्क रकम र नियमानुसारको बोनस एकमुष्ट प्राप्त गर्ने कानुनी सुनिश्चितता प्रदान गरिएको छ ।
यस योजनामा सहभागी हुनका लागि न्यूनतम १८ वर्षदेखि अधिकतम ५५ वर्षसम्मको उमेर हद तोकिएको छ भने बीमाको अवधि न्यूनतम १० वर्षदेखि अधिकतम ४९ वर्षसम्म कायम गर्न सकिनेछ । बीमितले आफ्नो आर्थिक क्षमता अनुसार न्यूनतम २५ हजार रुपैयाँदेखि माथि आफ्नो इच्छाअनुसार जति पनि रकमको बीमा गर्न सक्ने व्यवस्था गरिएको छ ।
बीमा शुल्क भुक्तानीका लागि कम्पनीले वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरी विभिन्न विकल्पहरू उपलब्ध गराएको छ, जसले गर्दा बीमितलाई आफ्नो सहजताअनुसार रकम जम्मा गर्न सजिलो हुनेछ । यद्यपि, बीमाको सम्पूर्ण अवधि र सुरक्षा ६५ वर्षको उमेरभन्दा बढी नहुने गरी यसको समयसीमा निर्धारण गरिएको छ ।
आधारभूत सुरक्षाका अतिरिक्त बीमितले थप सुविधा लिन चाहेमा विभिन्न ऐच्छिक सुविधाहरू समेत यस योजनामा समेटिएका छन् । जसमा दुर्घटना मृत्यु लाभ, बीमा शुल्क छुट तथा स्थायी अपाङ्गता जस्ता सुविधाहरू रहेका छन्, जुन मूल बीमाङ्कको सीमाभित्र वा बढीमा १ करोड रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ । यसका साथै घातक रोगविरुद्धको सुरक्षाका लागि २५ लाख रुपैयाँसम्म र व्यक्तिगत दुर्घटनाका लागि ५० लाख रुपैयाँसम्मको थप बीमा सुविधा समेत बीमितले प्राप्त गर्न सक्नेछन् । यी अतिरिक्त सुविधाहरू उपभोग गर्नका लागि बीमितको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले स्पष्ट पारेको छ । समग्रमा, यो योजनाले बचत र जीवन सुरक्षा दुवै पक्षलाई प्रभावकारी रूपमा समेटेको छ ।
यसका अलावा कम्पनीका अन्य दर्जनौं बिमा योजना पनि छन् जसको जानकारी वेबसाईटबाट लिन सकिन्छ ।