साल्ट ट्रेडिङको पहिलो त्रैमासिक नाफामा ७७ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी कति ?
आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो करिब ९२.२३ प्रतिशतको वृद्धि हो । बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
तर कम्पनीको ब्याज खर्चमा आएको उल्लेख्य गिरावटले खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १४ करोड ५० लाख रुपैयाँबाट घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ । कम्पनीको करअघिको नाफा १ करोड ८९ लाख ४२ हजार रुपैयाँबाट बढेर ३ करोड ३६ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २८.७६ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९४.४३ गुणा रहेको छ भने दोस्रो बजारमा प्रतिसेयर मूल्य ५ हजार ५९१ रुपैयाँ कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।