भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो, जेठ १८ देखि २६ गतेसम्म स्टल बुकिङ समय
नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर अटो शोले दिँदै आएको छ । नाडाले विगतमा समेत यस्ता अटो शो गर्दै आएको थियो ।
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो, २०२६ आयोजना गर्ने भएको छ।
सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको सहभागितामा अटो शो हुन लागेको नाडाले जनाएको छ । प्रदर्शनीको स्टल बुकिङ जेठ १८ देखि २६ गतेसम्म ९ दिनको समय दिइएको छ ।
नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने अवसर अटो शोले दिँदै आएको छ । नाडाले विगतमा समेत यस्ता अटो शो गर्दै आएको थियो ।
स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक विवरण व्यवस्थापक कम्पनीबाट लिन सकिने नाडाले जनाएको छ ।