१६६ मेगावाटको सुपर तमोरमा ६ बैंकले १९ अर्ब लगानी गर्ने, कसको कति ?
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा ६ वाणिज्य बैंकहरुले १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनामा १८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छ । आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिप चन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रालिका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य लगायत सहअगुवाई तथा सहभागि बैंकहरुका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ग्लोबल आइएमई बैंकले ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्ने छन् । सम्झौतापश्चात् ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले सुपर तमोर आयोजना निर्धारित समयसिमाभित्र सम्पन्न भई राज्यको उर्जा उत्पादन क्षमता वृद्धिहुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास जनाए ।
आयोजना ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाका स्थित तमोर नदिमा निमार्ण हुने छ । सम्झौताअनुशार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताहरुबाट लगानी व्यवस्थापन गरिनेछ । आयोजना निर्माण सुरु भएको ५ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने जनाइएको छ ।