नेपालमा टीभीएस रोनिनका मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएका यी भेरियन्टले टीभीएस रोनिन लाइनअपमा आधुनिक–रेट्रो शैली तथा आधुनिक क्रुजिङ अनुभवलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ ।
काठमाडौं । जगदम्बा मोटर्स प्रालिले नेपालमा टीभीएस रोनिनका नयाँ मोनोटोन र एगोन्डा भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ भेरियन्ट सार्वजनिकसँगै कम्पनीले नेपालमा आफ्नो प्रिमियम मोटरसाइकल पोर्टफोलियो थप विस्तार गरिएको जनाएको छ ।
काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएका यी भेरियन्टले टीभीएस रोनिन लाइनअपमा आधुनिक–रेट्रो शैली तथा आधुनिक क्रुजिङ अनुभवलाई थप मजबुत बनाएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार रोनिन मोनोटोन लाइटनिङ ब्ल्याक र म्याग्मा रेड रङमा उपलब्ध हुनेछ। यसको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी टीभीएस रोनिन एगोन्डा पर्ल ह्वाइट रङमा उपलब्ध हुनेछ, जसको मूल्य ४ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
एगोन्डा भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध एगोन्डा बीचबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यसमा सेतो आधार रङ, फ्युल ट्याङ्कीमा निलो र रातो रेट्रो पिनस्ट्राइप तथा विशिष्ट डिजाइन समावेश गरिएको छ । कम्पनीका अनुसार यसले आधुनिक–रेट्रो डिजाइन र समकालीन इन्जिनियरिङको संयोजन प्रस्तुत गर्छ । रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन जडान गरिएको छ, जसले ७,७५० आरपीएममा २०.४ पीएस शक्ति र ३,७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ ।
मोटरसाइकलमा ग्लाइड थ्रु टेक्नोलोजी, असिस्ट एन्ड स्लिपर क्लच तथा ४१ एमएम अपसाइड–डाउन फ्रन्ट फोर्क्सजस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार टीभीएस रोनिनले मोटरसाइकलिङको अवधारणालाई आत्मसात गर्दै शैली, व्यक्तित्व र आधुनिक क्रुजिङ अनुभवको संयोजन प्रदान गर्छ ।
नयाँ भेरियन्टमार्फत नेपालका युवा राइडरहरूलाई थप आकर्षक र प्रिमियम विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।