लीपमोटर बी१० एसयूभीको मूल्य एकैपटक ५ लाख घट्यो
यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको बी १० अब ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
काठमाडौं । नेपाली बजारमा लीपमोटर ‘बी १०’ एसयूभीको मूल्य एकैपटक ५ लाख रुपैयाँ घटेको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले आइतबार एक कार्यक्रम आयोजना गर्दै बी १० को मूल्य घटाएको हो । यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको बी १० अब ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
सरकारले बजेटमार्फत ईभीको कर निर्धारण गर्ने तरिका र करका दर हेरफेर गर्दा लीपमोटरको मूल्य घट्न गएको हो ।
यसअघि सरकारले मोटर पावरका आधारमा कर लिँदा १६० किलोवाट क्षमताको को गाडीमा धेरै कर लाग्दै आएको थियो ।
नयाँ बजेटमार्फत सरकारले इभीमा मूल्यका आधारमा कर लगाउने नीति लिएको छ। अब भने यो गाडी २० देखि ३० लाखको स्लाबमा परेको छ । जसकारण यसमा पहिलेको तुलनामा कम कर लाग्नेछ ।
कम्पनीले यसका साथै उक्त गाडीमा स्पेयर टायर पनि उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि यक्त गाडीमा स्पेयर टायर उपलब्ध थिएन ।