कर बढेपछि बीएमडब्ल्युको आइएक्स वान १ करोड ३० लाखले महँगियो

कम्पनीले जर्मनीबाट आयात गरेर बिक्री गर्दै आएको लक्जरी एसयूभी आइएक्स वानको मूल्य एकै पटक बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो ।

काठमाडौं । नेपालमा बीएमडब्ल्यु गाडीको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले सरकारले लागू गरेको करको नयाँ व्यवस्थापछि गाडीहरूको मूल्य बढाएको छ ।

यसअघि १ करोड ९९ लाख ९६ हजार मूल्य कायम गरेर बिक्री हुँदै आएको बीएमडब्लू आइएक्स वानको मूल्य १ करोड ३० लाख रुपैयाँले वृद्धि भएको हो । आइएक्स वान कम्पनीको सुरुवाती मोडल हो । कम्पनीले जर्मनीबाट आयात गरेर बिक्री गर्दै आएको लक्जरी एसयूभी आइएक्स वानको मूल्य एकै पटक बढेर ३ करोड २९ लाख ९६ हजार रुपैयाँ कायम गरिएको हो । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने करको व्यवस्था परिवर्तन गरेपछि बीएमडब्ल्युका विद्युतीय गाडीहरूको मूल्य बढेको हो। 

लक्ष्मी प्रिमियमले आइएक्स वानको अलावा अन्य मोडलमा पनि मूल्य वृद्धि भएको जानएको छ ।