हिमालयन रिको नेपाल पुनर्बिमा कब्जा गर्ने योजना थिएन, रकम दुरुपयोगमा संलग्नता छैनः उपासनाको बयान

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले कम्पनीले भृकुटी स्टक ब्रोकिङ (ब्रोकर नम्बर ५५) लाई उपलब्ध गराएको रकम कम्पनीकै नाममा सेयर खरिद–बिक्रीका लागि दिइएको र कुनै पनि व्यक्तिको नाममा सेयर खरिद गर्न निर्देशन नदिइएको बताएकी छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दिएको बयानमा पौडेलले हिमालयन रिइन्स्योरेन्सले दोस्रो बजारमा सेयर कारोबार गर्न बोर्डको निर्णयअनुसार ब्रोकर नम्बर ५५ मार्फत कारोबार गर्दै आएको उल्लेख गरेकी छन् । कम्पनी स्थापना भएदेखि नै उक्त ब्रोकरमार्फत कारोबार भइरहेको र आफू कम्पनीको जिम्मेवारीमा आउनुभन्दा पहिल्यै बोर्डले सो निर्णय गरिसकेको उनको भनाइ छ ।

उनका अनुसार कम्पनीले ब्रोकरलाई पेश्कीका रूपमा रकम उपलब्ध गराउँदै आएको भए पनि हाल त्यस्तो व्यवस्था बन्द गरिएको छ । कम्पनीले आफ्नो नाममा सेयर खरिद गर्नका लागि मात्र रकम उपलब्ध गराएको र कुनै व्यक्तिको नाममा सेयर खरिद गर्न कहिल्यै निर्देशन नदिएको उनले बताएकी छन् ।

पौडेलले दीपक भट्ट हिमालयन रिइन्स्योरेन्सका आधारभूत सेयरधनी वा सञ्चालक नरहेको जिकिर गरेकी छन् । यद्यपि, भट्ट एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स प्रालि भने कम्पनीको सेयरधनी रहेको उनले उल्लेख गरेकी छन् ।

बयानमा उनले हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ र हिमालयन सेक्युरिटिज बैंकरबाट उपलब्ध गराइएको कुल ३ अर्ब ३२ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम प्रयोग गरी दीपक भट्टको व्यक्तिगत नाममा सेयर खरिद गरिएको विषयमा कम्पनीलाई जानकारी नभएको दाबी गरेकी छन् । कम्पनीले आफ्नो नाममा सेयर खरिद–बिक्री गर्न ब्रोकरलाई निर्देशन दिने गरेको भए पनि कुनै व्यक्तिको नाममा कारोबार गर्न निर्देशन नदिएको उनको भनाइ छ ।

“हिमालयनले ब्रोकरलाई दिएको रकम व्यक्तिका नाममा सेयर कारोबार गर्न दिएको रकम होइन । एउटा पब्लिक लिमिटेड कम्पनीले यसरी निर्णय गर्दैन,” बयानमा उनले भनेकी छन् ।

पौडेलले कम्पनीले पटक–पटक ब्रोकरसँग रकम फिर्ता माग गरेको र लिखित तथा मौखिक रूपमा ताकेता गर्दै आएको जानकारी दिएकी छन् । कम्पनीको प्रमुख चासो भनेको ब्रोकरमार्फत रोकिएको रकम फिर्ता ल्याउनु रहेको उनको भनाइ छ ।

व्यक्तिगत नाममा सेयर खरिद वा अन्य भुक्तानीका लागि कम्पनीको रकम प्रयोग भएको भए त्यो ठगीसरह हुने र त्यसले संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने उनले उल्लेख गरेकी छन् । शुभी अग्रवाललाई रकम भुक्तानी दिन कम्पनीले कुनै निर्देशन नदिएको तथा त्यस्तो कारोबारबारे आफूलाई पूर्व जानकारी नभएको पनि उनले बयानमा बताएकी छन् ।

पौडेलले आफूले कुनै दुराशय वा अनियमितता गर्ने मनसायले कम्पनीको रकम दुरुपयोग नगरेको दाबी गर्दै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कुनै कसूर गर्न–गराउन सहयोग वा सहजीकरण नगरेको स्पष्ट पारेकी छन् ।


यस्तो छ उपासना पौडेलको बयान 


हिमालयन रिइन्स्योरेन्स लिमिटेड नेपालको पुनर्बीमा क्षेत्रमा स्थापित एक अग्रणी तथा रणनीतिक महत्वको संस्था हो, जसको स्थापना कम्पनी ऐन, २०६३ तथा प्रचलित कानुनबमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७८/०२/२३ गते दर्ता नं. २६३६१८/७७र७८ अनुसार भएको हो । तत्पश्चात्, कम्पनीले बीमा प्राधिकरणबाट पुनर्बीमा व्यवसाय सञ्चालन गर्न मिति २०७८/०३र२२ गते इजाजतपत्र नं. २ प्राप्त गरेको हो, जसले यसलाई नेपालको सीमित पुनर्बीमा प्रदायक संस्थामध्ये एकका रूपमा स्थापित गरेको छ ।

कम्पनीको अधिकृत पुँजी रु. २० अर्ब कायम गरिएको छ भने हालको जारी तथा चुक्ता पुँजी रु। १०.८६ अर्ब रहेको छ, जसले कम्पनीको वित्तीय सुदृढता तथा विस्तार क्षमतालाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ । साथै, कम्पनीले मिति २०८०र०७/०१ गते रु। ३ अर्ब बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी सर्वसाधारणको उल्लेखनीय सहभागितासहित पुँजी संकलन गर्न सफल भएको हो, जसले कम्पनीप्रति बजारको विश्वास तथा आकर्षणलाई उजागर गर्दछ।

व्यावसायिक रूपमा, कम्पनीले ५२ भन्दा बढी देशहरूसँग पुनर्बीमा कारोबार सञ्चालन गर्दै अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय उपस्थिति कायम गरेको छ। यसले जोखिम वितरण, विदेशी मुद्रा आम्दानी तथा प्राविधिक विशेषज्ञताको आदानप्रदानमार्फत राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। कम्पनीको अन्तर्राष्ट्रिय सञ्जाल, विविध पोर्टफोलियो तथा जोखिम व्यवस्थापन क्षमताले यसलाई क्षेत्रीय तथा विश्व बजारमा प्रतिस्पर्धी बनाएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारबाट कुल रु. ७.३२ अर्ब बराबरको बीमा शुल्क ९प्रिमियम० संकलन गरेको छ, जसमा रु। १।०२ अर्ब विदेशी बजारबाट प्राप्त भएको छ। यसले कम्पनीको अन्तर्राष्ट्रिय व्यापार विस्तारको प्रारम्भिक सफलतालाई संकेत गर्दछ। साथै, कम्पनीसँग भविष्यमा विदेशी बजारबाट मात्र रु. ८ देखि १० अर्बसम्म प्रिमियम संकलन गर्ने उच्च सम्भावना रहेको देखिन्छ, जसले यसको दीर्घकालीन वृद्धि रणनीति तथा विदेशी मुद्रा आर्जन क्षमतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले अत्याधुनिक जोखिम मूल्याङ्कन प्रणाली, सुदृढ पुनर्बीमा संरचना, दक्ष व्यवस्थापन टोली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कार्यप्रणाली अवलम्बन गर्दै आएको छ। यसका साथै, संस्थागत सुशासन, पारदर्शिता तथा नियामक निकायको निर्देशनको पूर्ण पालना गर्दै कम्पनीले आफ्नो विश्वसनीयता कायम राखेको छ।

समग्रमा, हिमालयन रिइन्स्योरेन्स लिमिटेड नेपालको पुनर्बीमा क्षेत्रमा उच्च सम्भावना बोकेको, वित्तीय रूपमा सक्षम, अन्तर्राष्ट्रिय स्तरमा विस्तारोन्मुख तथा पुँजी बजारमा स्थापित एक अग्रणी संस्था हो, जसले राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने स्पष्ट आधार तयार गरेको छ।

कम्पनीले सञ्चालक समितिको निर्णय एवं व्यावसायिक नीतिअनुरूप दोस्रो बजारमा सेयर कारोबार गर्नका लागि बोर्डले छनोट गरेअनुरूप दलाल नं. ५५ लाई छनोट गरी व्यवसाय दिने गरिएको थियो। कम्पनीले उक्त ब्रोकर कम्पनीलाई पेश्कीका रूपमा सेयर कारोबार गर्नका लागि रकम उपलब्ध गराउने गरेको हो। हाल पेश्की दिने कार्य पनि बन्द गरिएको छ।

कम्पनीले आफ्नो नाममा सेयर खरिद गर्नका लागि रकम ब्रोकरलाई उपलब्ध गराएको हो। सोधनी भएअनुसारका दीपक भट्ट उक्त कम्पनीका आधारभूत सेयरधनी पनि होइनन्। तर निज एकल सञ्चालक रहेको इन्फिनिटी होल्डिङ्स प्रा।लि। भने हिमालयनको सेयरधनी हो। दीपक भट्ट सञ्चालक समितिमा रहेका व्यक्ति होइनन्। कम्पनीले निज दीपक भट्टको व्यक्तिगत नाममा सेयर खरिद गर्नका लागि कुनै रकम ५५ नं. ब्रोकरलाई दिएको छैन। हिमालयनको प्रमुख चासो र सरोकार भनेको कम्पनीले माग गरेका बखत ब्रोकरले रकम फिर्ता गर्नु हो। धेरै पहिलादेखि लिखित र मौखिक रूपमा रकम फिर्ता गर्न कम्पनीबाट ताकेता एवं पत्राचार गरिएको छ।

भृकुटी स्टक ब्रोकिङ कम्पनी एवं सोही प्रा।लि।का अध्यक्ष समेत रहेका सन्दिप चाचन अग्रवाललाई म व्यक्तिगत रूपमा चिन्दिनँ। उक्त कम्पनीले हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद तथा बिक्रीको कारोबार गर्दै आएको छ। उक्त ब्रोकरले कम्पनीको स्थापना पश्चात् सेयर खरिद–बिक्री सम्बन्धी कारोबार गर्दै आएको र सो कारोबार यस ५५ नम्बर ब्रोकरसँग म यस कम्पनीमा आउनुभन्दा पहिलादेखि हुँदै आएको हो। उक्त ब्रोकरसँग कारोबार गर्ने निर्णय म आउनुभन्दा पूर्व नै बोर्डबाट भएको हो।

भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा।लि।, दलाल नं। ५५ ले हिमालयन रिइन्स्योरेन्सको सेयर खरिद तथा बिक्रीको कारोबार गर्दै आएको छ। उक्त ब्रोकरले कम्पनीको स्थापना पश्चात् सेयर खरिद–बिक्री सम्बन्धी कारोबार गर्दै आएको र सो कारोबार यस ५५ नम्बर ब्रोकरसँग म यस कम्पनीमा आउनुभन्दा पहिलादेखि हुँदै आएको हो। उक्त ब्रोकरसँग कारोबार गर्ने निर्णय म आउनुभन्दा पूर्व नै बोर्डबाट भएको हो भन्ने व्यहोरा मैले माथि सवाल–जवाफ नं। ८ मा लेखाएकी छु।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले ब्रोकर नं. ५५ लाई उपलब्ध गराएको तथा हिमालयन रिको पोर्टफोलियो बिक्री रकमसमेत गरी रु. २,७३,३३,१५,१६०, हिमालयन क्यापसर्भ लिमिटेडको रु। ३७ करोड, तथा हिमालयन सेक्युरिटिज बैंकरबाट रु। २२ करोड १९ लाखसमेत गरी कुल रु। ३,३२,५२,८६,६०५ रकम प्रयोग गरी दीपक भट्टको व्यक्तिगत नाममा सेयर खरिद गरिएको विषयमा मलाई थाहा छ वा छैन भन्ने सवालमा कम्पनीले आफ्नो नाममा सेयर खरिद–बिक्री गर्न ब्रोकरलाई निर्देशन दिएको हो। टीएमएस पनि ब्रोकरको समन्वयमा चल्ने हो। कम्पनीले कुनै पनि व्यक्तिको नाममा सेयर खरिद गर्न कहिल्यै पनि ५५ नम्बर वा अन्य कुनै ब्रोकरलाई निर्देशन दिएको छैन।

हिमालयन रिले सेयर खरिद तथा बिक्री कारोबार ब्रोकर नं. ५५ सँग कम्पनीले सेयर कारोबार सुरु गरेदेखि विगत चार वर्षदेखि गर्दै आएको छ। सो ब्रोकरसँग खरिद–बिक्री कारोबार गर्ने निर्णय बोर्डबाट भएको हो। जुन निर्णय म कम्पनीको जिम्मेवारीमा आउनुभन्दा पहिल्यै भएको हो। हिमालयनले ब्रोकरलाई दिएको रकम व्यक्तिका नाममा सेयर कारोबार गर्न दिएको रकम होइन। एउटा पब्लिक लिमिटेड कम्पनीले यसरी निर्णय गर्दैन।

के–कति कारणले व्यक्तिका नाममा सेयर खरिद भयो भन्ने कुरा उक्त सेयर खरिद–बिक्रीका पक्षलाई थाहा होला। हिमालयन रिले पटक–पटक ब्रोकर कम्पनीसँग रकम फिर्ता माग गरेको छ। गलत नियतले कुनै व्यक्तिको समृद्धिका लागि कम्पनीको रकम प्रयोग भएको छैन। गलत मनसाय र कार्यको अभावमा कम्पनीले आफ्नो लगानी नीतिअनुरूप नै लगानी गरेको छ। त्यसैले मैले कोही कसैलाई सम्पत्ति शुद्धीकरणको कसूर गर्न–गराउन व्यक्तिगत तथा संस्थागत रूपमा सहयोग र सहजीकरण गरेको छैन।

एउटा पब्लिक लिमिटेड कम्पनीको खाताबाट एउटा उद्देश्य र प्रयोजनका लागि उपलब्ध गराएको रकम व्यक्तिगत नाममा सेयर खरिद गर्न वा व्यक्तिलाई भुक्तानी दिन प्रयोग गर्नु ठगी हो भन्ने लाग्छ। यस प्रकारका कारोबार र भुक्तानीले संस्थाको प्रतिष्ठामा आँच आउँछ। शुभी अग्रवाललाई रकम भुक्तानी दिनु भनी हिमालयनले ब्रोकरलाई आदेश दिएको छैन। यस बारेमा मलाई यसअघि कुनै जानकारी पनि थिएन।

मैले दुराशययुक्त भावनाले कुनै अनियमितता गर्ने मनसायले संस्थाको रकम दुरुपयोग गरेको छैन। मैले कसैलाई सम्पत्ति शुद्धीकरणको कसूर गर्न–गराउन सहयोग र सहजीकरण समेत गरेको छैन भन्न चाहन्छु।

हिमालयन रिले नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गर्ने भनी ब्रोकरलाई रकम दिएको होइन। हिमालयन रिले यस प्रकारको योजना बनाई ब्रोकरको खातामा रकम जम्मा गरी धितोपत्र कारोबारलाई नै आफ्नो प्रभाव एवं नियन्त्रणमा लिने मनसायले नेपाल रिइन्स्योरेन्सको प्रमुख कित्ता सेयर ९बहुमत सेयर० हात पार्ने तथा बीमा व्यवसायको क्षेत्रमा समेत आफ्नो पकड कायम गर्ने तयारीसहितको योजना बनाई सोहीअनुसार ब्रोकरको खातामा रकम दिएको होइन भन्ने समेतका व्यहोराको बयान।