मिस नेपाल-२०२६ को बिजेता बनिन् दीपमाला ढकाल
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा
शनिबार भएको नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल वर्ल्ड २०२६ को ग्राण्ड फिनालेमा ढकालले उपाधि जितेकी हुन् । ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् ।
काठमाडौं । यस वर्षको मिस नेपालको उपाधि दीपमाला ढकालले जितेकी छन् ।
शनिबार भएको नेपालको सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस नेपाल वर्ल्ड २०२६ को ग्राण्ड फिनालेमा ढकालले उपाधि जितेकी हुन् । ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य हुन् ।
त्यसैगरि मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन् । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । मिस नेपाल द हिडन ट्रेजरले आयोजना गर्दै आएको छ ।
