सिटिजन लाइफको नाफा दोब्बरले बढ्यो, अरु सूचक कस्ता ?
सिजिनले गत वर्ष ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्दा कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ गरेको छ । नाफासँगै सिटिजनको प्रतिसेयर आम्दानी पनि ४.०३ रुपैयाँबाट बढेर ७.८२ रुपैयाँ पुगेको छ ।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा दोब्बरले बढेको छ ।
सिटिजनले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्ष २०८१/८२ को तुलनामा खुद नाफा १०६.६३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष १८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको सिटिजन लाइफले गत वर्ष ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको गत वर्ष मुख्य व्यवसायको रुपमा रहेको बीमाशुल्क संकलनमा पनि सुधार गरेको छ । अघिल्लो वर्षको खुद बीमाशुल्क ७ अर्ब १३ करोड २१ लाख रुपैयाँमा २५.८७ प्रतिशतले बढाएर ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि २१.५९ प्रतिशतले बढाउँदै ११ अर्ब १८ करोड ५० लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष सिटिजनको कुल खर्च र दाबी भुक्तानीमा पनि वृद्धि भएको छ । सिजिनले गत वर्ष ८ अर्ब ९१ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्दा कुल खर्च १० अर्ब ७९ करोड ४२ लाख रुपैयाँ गरेको छ । नाफासँगै सिटिजनको प्रतिसेयर आम्दानी पनि ४.०३ रुपैयाँबाट बढेर ७.८२ रुपैयाँ पुगेको छ ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजनको सेयर प्रिमियममा ४४ करोड ९६ लाख, महाविपत्ती कोषमा २६ करोड ९४ लाख, रिटेन्ड अर्निङ्गमा ४९ करोड ८३ लाख, अन्य इक्विटीमा ३६ करोड २६ लाख रुपैयाँ छ ।
गत वर्ष सकिँदा सेयर बजार मूल्यका आधारमा सिटिजनको मूल्य आम्दानी अनुपात ५५.६७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३१.६० रुपैयाँ छ । यसअवधिमा सिटिजनको जीवन बीमाकोष पनि १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँबाट बढेर २७ अर्ब ६ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
