नाडा अटो शोमा अवतार०७ सार्वजनिक, मूल्य कति ?

विज्ञापन
ncell

नेपाली बजारमा अवतार०७ सार्वजनिक भएको छ । नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शोमा अवतार ०७ सार्वजनिक गरेको हो ।

काठमाडौं । नेपाली बजारमा अवतार०७ सार्वजनिक भएको छ । नेपालका लागि अवतारको आधिकारिक वितरक एमएडब्लु वृद्धिले नाडा अटो शोमा अवतार ०७ सार्वजनिक गरेको हो । कम्पनीले अवतार ०७ का दुई भेरियन्ट नेपाली बजारमा ल्याएको छ । यसको मूल्य क्रमशः २ करोड २० लाख रुपैयाँ र २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको छ । रियर ह्विल ड्राइभ प्रणालीमा उपलब्ध यो गाडीमा ८२.१६ किलोवाट घण्टा क्षमताको ब्याट्री र १९० किलोवाटको मोटर जडान गरिएको छ ।

अवतार ०७ को लम्बाइ ४ हजार ८२५ मिलिमिटर, चौडाइ १ हजार ९८० मिलिमिटर र उचाइ १ हजार ६२० मिलिमिटर रहेको छ । त्यस्तै, गाडीमा २ हजार ९४० मिलिमिटर लामो ह्विलबेस दिइएको छ ।