शंकर ग्रुपद्धारा बाढी पीडितका लागि ४ करोड सहयोग

विज्ञापन
ncell

काठमाडौँ । रसुवा बाढी पीडितका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ ।

विपद्पीडित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर ४ करोडको चेक हस्तान्तरण गरेका छन् । यसका साथै विपद्को तेस्रो दिनमै शंकर ग्रुपले गृह मन्त्रालयको समन्वयमा भैरहवाका मुख्य जिल्ला अधिकारीमार्फत विस्थापित नागरिकहरूको अस्थायी आश्रयका लागि २५ लाख बराबरका २,५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराइसकेको छ ।