जेनजी शहीदहरूको सम्झनामा देशभर स्मृति दिवस, बानेश्वरमा विशेष कार्यक्रम (तस्बिरहरु)

विज्ञापन
ncell

काठमाडौं । आज देशभर जेनजी शहीदहरूको सम्झनमामा स्मृति दिवस मनाइँदै छ । यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गिता चौधरी लगायत कार्यक्रममा सहभागी छन् । जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज देशभरि सार्वजनिक बिदा दिएको छ ।

२३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा २४ भदौमा मुलुकभर प्रदर्शन भएको थियो ।

दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजानी समेत भएको थियो ।