नेकपा सांसदको प्रश्न- जेनजी आन्दोलन ‘हाइज्याक’ गरेर सिंहदरबार जलाउने को थियो ?
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेन-जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न गर्न सक्यो कि सकेन ? भन्दै प्रश्न गरेका छन् ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जेन-जी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका उपलब्धिको रक्षा गर्न गर्न सक्यो कि सकेन ?भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जेन-जी आन्दोनभावनाअनुसार मुलुक अगाडि बढ नबढेको विषयमा समीक्षा हुन आवश्यक रहेको बताए । उनले २३ भदौको आन्दोलन जेन-जीहरूको भएपनि २४ भदौमा आन्दोलन हाइज्याक भएको दाबी गरे । उनले आन्दोलन कब्जा गरी सयौँ वर्ष लगाएर निर्माण गरिएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको संरचना ध्वस्त पारिएको बताए । उनले मंगलवा शहिद दिवसका दिन माईतीघर मण्डलामा लक्ष्मीदेवीले आत्मदाहको प्रयास गरेको घटनाप्रति गम्भीर हुनुपर्ने बताए ।
उनले नागरिकलाई आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुर्याउने वातावरण किन निर्माण भयो ? प्रश्न गरे । उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
